रवि लामिछाने भ्रष्टाचारी हुन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी गरे ।

‘गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन्, ‘पोखरेलले भने, ‘विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन् । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार  गर्नु हो ।’ सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।

सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गरे ।

‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो, उनले भने,’रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *