कैलालीबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना छन् ।

आरोपीहरूको सागबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *