प्रधानसेनापति र भारतका राजदुतबीच भेटवार्ता

प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन सेनाको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *