हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गरे ।

उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताए ।

उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए । उनले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताए । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताए ।

उनले भने– ‘हिजो मात्रै संविधान दिवस थियो । आज ४ गते हो । संविधान दिवसका सन्दर्भमा संविधानका राम्रो कुराहरु केके हुन्, भन्नेबारेमा व्यापक छलफल भए । हिजो राष्ट्रपतिको सम्बोधन पनि उहाँको भाषण पनि मैले सुनेँ । उहाँले संविधानको पोजिटिभ कुरालाई अघि सार्नुभयो । ति पोजेटिभ कुराको व्यापक प्रचारप्रसार गर्नुपर्छ । नेगेटिभ के छ ? त्यसबारेमा सुधारका लागि लाग्नुपर्ने आवश्यकता छ । अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ । वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन् । तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन । त्यसबारेमा धेरै कुराहरु आइरहेका छन् । नियतमाथि प्रश्न खडा भएको छ । उद्देश्यमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्न । पहिला कुरा आओस्, हामी सबै कुरामा छलफल गर्न तयार छौँ । तर जनताको अधिकारलाई कमजोर बनाउने गरी, जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी र यसका राम्रा कुरालाई समाप्त पार्नेगरी यस्ता कुनैपनि कुरा आउँछन् भने त्यो हामीलाई स्वीकार्य हुनेछैन । तर यत्तिकै सजिलै गरी कसैले पास पनि गर्न सक्दैन । राष्ट्रिय सभामा हामी एकतावद्ध भयौँ भने, त्यहाँ दुई तिहाई पुग्नेवाला छैन । त्यसो भएकाले चेतना भया, समयमै यो कुरामा होस् जाओस् । मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनिय छ । आलोच्य छ । हामी सबै कुरामा छलफल गरेको चाहन्छौँ । हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ । एकतावद्ध भइ हातेमालो गर्न तयार छौँ ।’

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *