जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तेह्रथुममा ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका १ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका ५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङ रहेका छन् ।

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *