एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

 एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला नेपालमा हुने भएको छ।

शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाको सम्मेलन (एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकाय सहभागी हुनेछन्। ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो।

शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्सिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ–आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए।

यसपटक सम्मेलनमा नवप्रवर्तनका विषयलाई प्राथमिकतामा राखिएको उनले बताए। ‘आफ्नो नयाँ सोचलाई धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,’ उनले भने।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ। सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *