![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा मनाइयो नेपाली संविधान दिवस
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा मनाइयो नेपाली संविधान दिवस](https://www.pardafas.com/wp-content/uploads/2024/09/sambidhan-2.jpg)
भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा विविध कार्यक्रम गरी नेपाली संविधान दिवस मनाइएको छ ।
सार्क देशका विद्यार्थीहरु अध्ययनरत दक्षिण एशियाली विश्वविद्यालयमा यस वर्षदेखि औपचारिक कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको हो । कार्यक्रममा दिल्लीस्थित नेपाली राजदुतावासका नियोग उपप्रमुख डा.सुरेन्द्र थापा, विश्वविद्यालयका अध्यक्ष डा.केके अग्रवालको उपस्थिति रहेको थियो ।
नेपालको झण्डा फहराएपछि औपचारिक रुपमा शुरु भएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक डा। युवराज पोख्रेलले देशमा लागू भएको संविधानको संक्षिप्त परिचय दिनुभएको थियो ।
समारोहमा नियोग उपप्रमुख डा.सुरेन्द्र कार्कीले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, प्राध्यापक एवं गैर शिक्षण स्टाफहरुलाई नेपाली राष्ट्रिय दिवसको शुभकामना दिँदै विश्वविद्यालयमा यस वर्षदेखी नेपालको राष्ट्रिय दिवस एंव संविधान दिवस मनाउन सुरु गरेकोमा विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी विश्वविद्यालयका अध्यक्ष डा.केके अग्रवालले विश्वविद्यालयले यसरी कुनै देशको राष्ट्रिय दिवस मनाउने दक्षिण एशियाली विश्वविद्यालय पहिलो भएको र आफूले नेपाली विद्यार्थीको सिफारिस आएपछि विश्वविद्यालय स्तरमा दिवस मनाउने घोषणा गरेको बताए ।
समारोहमा नेपाल बाहेक भारत, भूटान र बंगलादेशका विद्यार्थीले आफ्नो देशको सांस्कृतिक प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया