काम गरेर देखाउने बाहेकको एजेण्डा छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधानलाई जीवन्त र प्रभावकारी बनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । बिहीबार टुँडिखेलमा आयोजित संविधान दिवसको समारोहमा सम्बोधन गर्दै उन सरकारको प्राथमिकता नै काम गरेर देखाउनु र त्यसैको आधारमा जनतामा आशा जागृत गर्नु रहेको स्पष्ट पारे ।

उनले स्थायित्व बिना विकास सम्भव नभएको उल्लेख गर्दै, नीति र राजनीतिमा निरन्तरता र स्थिरता आवश्यक भएको धारणा राखेका छन् । उनले संविधानको संशोधन आवश्यक भएकोमा जोड दिँदै, विद्यमान संविधानका कमजोर पक्षलाई सुधार्ने दिशामा संसद्ले मात्र होइन, सबै राजनीतिक दलहरूको सहमतिमा अघि बढ्ने प्रयास गरिने बताए । ।

युवाहरूको महत्वबारे बोल्दै प्रधानमन्त्रीले देशको रूपान्तरण युवाहरूको जोस र सक्रियताबाट नै सम्भव हुने बताए । उनले युवाहरूलाई समाजमा अराजकता फैलाउन चाहनेहरूबाट सचेत रहन आग्रह गरे ।

प्रधानमन्त्रीले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्नु र युवाले ज्येष्ठ नागरिकको सम्मान गर्नु आवश्यक रहेको बताए । शान्त, सभ्य, र समृद्ध नेपालको परिकल्पना गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले सबैलाई अधिकार, समानता, सामाजिक न्याय, र सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *