दुई वर्षपछि देउवा प्रधानमन्त्री हुनुहुन्छ, हामी शतप्रतिशत कमिटेड छौं : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिबद्ध रहेको बताएका छन् ।

उनले सो सहमति कार्यान्वयनका लागि सिङ्गो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताए । सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरे ।

उनले सो सहमति कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताए । महामन्त्री थापाले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए ।

उनले भने ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबीच भएको ७ बुँदे सहमतिको आधारमा सरकार गठन भएको छ । सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं । तर यसलाई इमानदारितापूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा यसको वातावरण निर्माण गर्ने कुरामा जिल्ला तहमा तलपनि हामीले वातावरण बनाउनु पर्नेछ । यो सात बुँदे सहमतिको बारेमा आजै न्यूनतम साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ ।’

महामन्त्री थापाले स्थानीय तहमा हुने बेरुजु अन्त्यका लागि पनि पार्टीका जनप्रतिनिधिहरूलाई पहल गर्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *