सेती नदीमा ट्याक्टर खस्यो, २ जना बेपत्ता

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत सेती नदीमा ट्याक्टर खसेको छ । दुर्गाथली गाउँपालिका–२ स्थित मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर आज बिहान नदीमा खसेको हो ।

ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना बेपत्ता भएका छन् । जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

त्यस्तै, त्रिवेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विक, २१ वर्षीय तपेन्द्र विक र १३ वर्षीय निरज विक घाइते छन् । उनीहरुको दाँहिने हात, कम्मर र खुट्टामा चोट लागेको जोशीले जानकारी दिए ।

उनका अनुसार नदीमा खसेको ट्याक्टर भेटिएको छैन् । बेपत्ता यात्रु र ट्याक्टर खोज्न कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीको कमाण्डमा सात जना, ईलाका प्रहरी कार्यालय, थलाराका प्रहरी नायव निरीक्षक रामसिंह विष्टको कमाण्डमा चार जना र प्रहरी नायव निरीक्षक पदम बलायरको कमाण्डमा चार जनाको टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *