‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन

शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन भएको छ । उनको बुधवा। हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको हो ।

४५ वर्षीया राई बुधवार बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा लडेका थिए । त्यस लगत्तै उनलाई ग्राण्डि अस्पताल लगिएको थियो ।

फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौँको उपाधी जितेका थिए । दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *