लागू औषध दुर्व्यसनसँग लड्न एकीकृत ढंगबाट अघि बढ्नुपर्ने

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागू औषध दुर्व्यसनसँग लड्न एकीकृत ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले लागू औषध दुर्व्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले दुर्व्यसनीलाई समाजमा पुनः स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा  आज आयोजित कार्यक्रममा उनले सामाजिक सुधार र सकारात्मक परिवर्तनका लागि केन्द्रले गरेको योगदानको चर्चा गर्दै लागू औषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनः स्थापनाका माध्यमबाट नयाँ जीवन प्रदान गरेको बताए।

त्यस अवसरमा महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरे। साथै उनले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’को विमोचन गरे।

केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसा पत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यलाई पुरस्कार प्रदान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर