भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण गरिएको हो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण गरिएको भवनको सोमवार भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना ९भट्टराई० र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको  भारतीय राजदूतावासले जनाएको छ ।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माण गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको  भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सूर्यविनायक नगरपालिकाका प्रमुख, उप–प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । भवन निर्माणले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न उपयोगी हुने शिक्षाको विकासमा योगदान पुर्‍याउने बताइएको छ ।

सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको हो । जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५ प्रतिशत छात्राहरु रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर