कांग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैन : कांग्रेस सांसद रोकाय

नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरूसँग आग्रह गरेका छन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले दुई राजनीतिक ठूला दलहरू मिल्दा विगतमा पनि देश र जनताका लागि हित भएको बताए । उनले निर्वाचन प्रणालीमा संशोधन गर्न आवश्यक रहेको बताए । उनले दुई दल मिल्दा कसैले पनि नकारात्मक टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

उनले भने ‘दुई दल मिल्दा कसैले यसलाई नकारात्मक टिप्पणी गर्नुपर्ने, कसैले यसबाट दुई ठूला दल मिलेको कुरामा आत्तिनुपर्ने देख्दिन । त्यसकारण हाम्रो निर्वाचन प्रणाली आज जुन खालको स्थिरता छैन, राजनीतिक स्थिरता छैन, यसको निम्ति निर्वाचन प्रणाली बदल्नुपर्छ । ठूला दलहरू मिल्दा मुलुकलाई फाइदा नै भएको छ । हामी जति बेला ठूला दलहरू मिलेर गएका छौँ, जति बेला राष्ट्रिय सहमतिले अघि बढेका छौँ, त्यतिबेला मुलुकले फाइदा नै लिएको छ । नेपाली जनतालाई फाइदा नै भएको छ ।’

सांसद रोकायले ठूला राजनीतिक दलहरुबीच एक आपसमा सौहार्दपूर्ण सम्बन्ध हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर