उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

जहाजमा समस्या देखिएपछि सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ ।बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले जनाएको छ।

उक्त जहाजमा प्राविधिक समस्या आएपछि आन्तरिक उडानका अन्य जहाजहरूको उडान कार्यमा ढिलाइ भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *