संसद्को चालु अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

संघीय संसद्को चालु अधिवेशन आज (सोमबार) मध्यरातदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीले भदौ १५ मै संसद् अधिवेशन अन्त्य गर्न खोजेका थिए । तर, सहकारीको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै अन्त्य गर्नुपर्ने माग कांग्रेस नेताहरूले गरेपछि ओली केही दिन संसद् लम्ब्याउन सहमत भएका थिए ।

सहकारी छानविन समितिले तयार पारेको प्रतिवेदन आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *