
ठगी मुद्दाकाे फैसलामा कैफियत गरेकाे आराेपमा न्यायाधीश विरुद्ध उजुरी

ठगी मुद्दामा कैफियत पूर्ण फैसला गरेकाे भन्दै नवलपरासी जिल्ला अदालतका न्यायाधीश बिरूद्व उजुरी परेकाे छ। न्यायाधीश पिताम्बर शर्मा विरूद्व रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ की कृष्णाकुमारी खत्रीले सोमबार उजुरी दिएकी हुन्।
उनले न्याय परिषद्मा दिएको उजुरीमा न्यायाधीश शर्माको कार्यक्षमताको अभाव रहेको र आफ्नो पदीय दायित्व इमानदारितापूर्वक पालना नगरेको जिकिर गरेकी छन्। उनले आफू प्रतिवादी रहेको ठगी मुद्दा (मुद्दाको नाम ठगी मुद्दा नं. ०७८–१– ०१४४) मा न्यायाधी शर्माले गतल फैसला गरेको आरोप लगाएकी छन्। न्यायाधीश शर्माले कसूर ठहर गर्दा र सजाय निर्धारण गर्दा आफूलाई अन्याय गरेको जिकिर गरेकी छन्।
उनी विरुद्धको मुद्दामा गत चैत २२ गते कसूर ठहर हुने फैसला आएको थियो। न्ययाधीश शर्माको इजलासले त्यसपछि गत चैत २६ गते सजाय तोकेको थियो। कृष्णा र अशोक श्याम महर्जनले नवलपरासीको सुनवल ३ स्थित २५ कित्ता जग्गा खरीद गरेर बिक्री गर्ने योजना बनाएका थिए। त्यसैअनुसार, नेत्रप्रसाद भट्टराई, उनकी पत्नी लक्ष्मी र छोरी अनिसाको नाममा रहेको जग्गा दुई करोड छपन्न लाख रुपैयाँ नेत्रप्रसादलाई दिने तय भएको थियो। त्यसका लागि अशोकले चेक दिएका थिए। तर, नेत्रप्रसादले उक्त जग्गा अर्कैलाई बिक्री गरेर चेकको बाउन्स म्याद कटाइ दिएका थिए। त्यसपछि पैसा माग्दा अशोकले नदिएको कृष्णाले उजुरीमा उल्लेख गरेकी छन्। त्यसको एक वर्षपछि २०७७ सालमा अशोकको मृत्यु भएको थियो। त्यसपछि नेत्रप्रसादले अशोककी पत्नी लक्ष्मी र छोरी अनिषा विरुद्ध मुद्दा दायर गरेका थिए।
एक वर्षपछि हालिएको चेक बाउन्सको मुद्दामा कृष्णालाई पनि विपक्षी बनाइएको थियो। तर, आफूले चेक पनि नदिएको, त्यो लेनदेनमा सहभागी पनि नभएको हुँदाहुँदै पनि न्यायाधीश शर्माले आफूलाई दोषी ठहर हुने फैसला गरेको उनले उजुरीमा उल्लेख गरेकी छन्। त्यससँगै संलग्न सबै प्रमाण पनि न्याय परिषदमा बुझाएकी छन्।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया