ग्रामिण क्षेत्रमा बिजुली पुग्नेगरी सरकारले काम गरिरहेको छ : राज्यमन्त्री तामाङ

ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभूति दिनेगरी विद्युतीकरण गर्ने बताएका छन् । आइतबार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् ।

उनले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पुर्‍याउने बताए । उनले जतिसुकै खर्च लागे पनि गरिव जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको बताए । उनले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पु¥याउन आवश्यक रहेको बताए ।

उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्नेगरी काम गर्ने बताउनु भयो । उहाँले मुलुकमा भएको ब्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले भने,‘उज्यालो नेपाल बनाउनको लागि सरकार ग्रामिण बस्तीमा विद्युत पुर्‍याउने तयारीमा छौं । ७७ जिल्लामा पहाडी क्षेत्रमा गरिबहरुको घरमा एउटा दुई वटा पोलमा १० दश खर्च गरेर भएपनि विजुली बाल्ने लक्ष्य मेरो छ । मुलुकमा सार्वजनिक ऋण बड्दै गएको छ । विदेशी ऋण तिर्ने एउटा मात्रै माध्यम भनेको विद्युत उत्पादन हो । विद्युत उत्पादन गरी विदेश निर्यात गर्दा मात्रै मुलुकले बढ्दो ऋण कम गर्नसक्छ । सरकार विद्युत उत्पादनमा जोड दिइरहेको छ । अहिले विभिन्न जलविद्युत आयोजनाहरु बनिरहरेको छ । भोटेकोशी र अन्य आयोजनाहरुबाट उत्पादन भएको २५० मेगावाट विद्युतबाट हामीले पाउँछौं ।’

निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी सरकार तिर्दै गएको बताउनु भयो । उहाँले सिंचाई मन्त्रालयले दिनुपर्ने निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल दिने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *