उपलब्धि हाँसिल गर्नेकुरामा सञ्चार मन्त्रालयलाई दोस्रो हुने छुट छैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आईतवार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताए ।

उनले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरे । उनले सबै मिलेर काम गर्दा असफल नभइने बताए ।

काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने बताए ।

उनले भने– ‘हामी २२ वटा मन्त्रालय छ । प्रधानमन्त्री कार्यालयसहितको । यो प्रतिष्पर्धा पनि हो । त्यसैले हाम्रोमन्त्रालय यि सबै मन्त्रालयहरुमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन । हामी पहिलो नै हुनुपर्छ । हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ यो उपलब्धि हाँसिल गर्नेकुरामा । त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु । यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो । हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो । किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ । म यो काम गरेर देखाउँछु भन्ने । म मा आत्मविश्वास तपाईंहरुको अनुहार हेरेर पलाएको हो । तपाईंहरुमा मेरो त्यो विश्वास छ । म एक्लैले गर्न सक्दिन । तपाईंहरुको सहयोग सबैको भयो भने हामी सक्छौँ । प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरुले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो । यो फलानोको हो, यसको जसरी पनि बिरोध गर्नुपर्छ भनेर हुँदैन । इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ । सुझाव राख्नका लागि जहिल्यै आउनुस् । कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन । यो कुराबाट मुक्त भएर काम गरौँ । अरु मन्त्रालयलाई पनि सन्देश दिऔँ न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस् ।’

मन्त्री गुरुङले दक्षिण एशियामा सबैभन्दा स्वायत्त, स्वतन्त्र मिडिया काउन्सिल नेपालकै हुने दाबीसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *