‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *