हिन्दी दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम

हिन्दी दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल–भारत पुस्तकालयमा एक कार्यक्रम  आयोजना गरी राजदूतावासले हिन्दी दिवस मनाएको  हो । उक्त कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख विद्वान प्रा  रामदयाल राकेश प्रमुख अतिथि  थिए ।

सो अवसरमा अन्य विद्वानहरुले पनि आफ्नो धारणा राखेका थिए । यसका साथै केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूका लागि हिन्दी कविता वाचन पनि आयोजना गरिएको थियो । कार्यक्रममा  विद्यार्थी, लेखक, कवि र हिन्दी प्रेमीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर