त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने पदार्थसहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट १ किलो २६० ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

शुक्रबार दिउँसो १ : ४० बजे विमानस्थल भन्सार इलाका यात्रु जाँच पास कक्षबाट १ किलो २ सय ६० ग्राम सुन जस्तो पदार्थ बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रहरीले बैंककबाट फर्किएकी ३७ वर्षीया भारतीय नागरिक सुमित्रादेवी लक्ष्णम रामलाई समेत नियन्त्रणमा लिएको छ । विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा वेशको संयुक्त टोलीले सुमित्रादेवीको ब्यागेज चेकजाँच गर्ने क्रममा १ किलो २ सय ६० ग्राम सुनजस्तो पदार्थ फेला पारेको थियो ।

उनी थाइ एयरमार्फत् बैंककबाट काठमाडौं ओर्लिएकी थिइन् । अर्ध तरल अवस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा सो पदार्थ बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर