नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ।

यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको हो। यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाले जानकारी दिएको छ।

‘अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरुका सम्बन्धमा ज्ञान आदानप्रदान हुनेछ,’ नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन्।’

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यास सञ्चालन हुँदै आइरहेका छन्। सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *