सरकारले जनतामा आशा जगाउने काम गरेको छ : एमाले महासचिव पोखरेल

सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन्।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन्। महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको पनि बताए।

उनले सरकारको कामलाई व्यवस्थित गर्नका लागि आफूहरुले कार्यदल बनाएर न्यूनतम साझा कार्यक्रम तयारीको कामलाई अघि बढाएको उल्लेख गरे।

महासचिव पोखरेलले भने,‘सरकारको कामको समीक्षाको समय सुरु भएको छैन। यद्यपि, सरकारले नयाँ सरकार गठन भएपछि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन रहेको छ। र सरकारको कामलाई प्रभावकारी बनाउने सन्दर्भमा र खासगरी सत्ता पक्षमा रहेका राजनीतिक दलहरुको बीचको सहकार्यलाई अझ घनिष्ट बनाउने हिसाबले संसद र सरकार दुवैलाई प्रभावकारी बनाउने हिसावले सत्तामा रहेका राजनीतिक दलहरुको बीचमा छलफल पनि आरम्भ भएको छ।’

फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाबारे संसद् र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरुलाई स्वीकार हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर