नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खेल क्षेत्रका सबै विधाहरूमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरूलाई आग्रह गरे । उनले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, डमिन्टन लगायतका खेलहरूमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताए । उनले नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अझै खेलहरूमा खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताए ।

उनले भने ‘खेल क्षेत्रका सबै विधाहरूमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरूमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याडमिन्टनको सन्दर्भमा थुप्रै प्रगति गरेका छौँ । हाम्रा खेलाडीहरूको खेल पनि हेरेको छु । फुटबल लगायतका खेलहरूमा आलोचनात्मक टिप्पणी के हुन्थ्यो भने हाम्रा खेलाडी ढिलो खेल्छन् । तर अहिले फुर्ती छ । हाम्रो टिम हेर्दा अन्तर्राष्ट्रिय स्तरकै लाग्छ । अहिले हाम्रो टिमको खेल हेर्दा अन्तर्राष्ट्रिय स्तरकै खेल देखिन्छ । हामीले अझै विभिन्न खेलहरूमा खेल विज्ञता, प्रविधिको विकास गर्नुपर्नेछ । सफलता हासिल गर्दै जानुपर्छ । खेलले आपसमा मित्रता र सम्बन्धलाई विकास गर्दै लैजान मद्दत गर्दछ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले ओलम्पिक पदक विजेता गोवद्र्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरे । सरकारले डिजिटल माध्यमबाट गोवद्र्धनको खातामा उक्त रकम जम्मा गरेको हो । प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर