कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले मन्त्रालयले कृषिसँग आबद्ध रहेका कुनैपनि ऐनहरू तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको बताए । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरू अहिले तर्जुमा भइरहेको बताए । उनले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिबद्धता जनाए ।

उनले भने ‘कृषिसँग आबद्ध रहेका कुनैपनि ऐनहरू तर्जुमा गर्नका लागि सुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरू अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराएर यहाँहरूका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशील रहनेछु । सिङ्गो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले व्यावसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *