सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १,५६,३००

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला १ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर