पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो ।

प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार र व्यवस्थापक समूहलाई २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार याे पुरस्कार वितरण गरेकाे हाे ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गइसकेको जानकारी दिएका हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो ।

प्रतिक्रिया

One thought on “पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर