घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियरहरू दोषी ठहर भएका छन् ।

सब-इन्जिनियरहरू राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर