संविधान पुनरावलोकन गर्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए । उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरूले चाहेको बताए ।

विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरू हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताए । उनले २०८४ सम्म सङ्घीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानुनहरू बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।

उनले भने ‘हामी सङ्घीयतालाई मजबुत बनाउन चाहन्छौँ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप बिस्तार गर्न चाहन्छौँ । तर त्यो बिस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभरलुक गरेका होलाउँ । कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरू थिए होलान् । कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ की ? भन्ने हामीले सोचेको भन्दा फरक भए होलान् । हामीले संविधानको पुनरावलोकन गर्नुपर्छ अब । यी कतिपय कुरालाई सुधार गर्नुपर्छ । हामी अहिले नेकपा एमालेले नेतृत्व गरेको यो दुई वर्षको पहिलो कार्यकाल त्यसपछि हाम्रो पार्टी सभापतिले नेतृत्व गर्ने बाँकी कार्यकालमा सङ्घीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानुनहरू बनाउने, संरचना निर्माण गर्ने यी तमाम कुराहरू टुंग्याउन चाहन्छौँ । टुङ्ग्याउँछौँ ।’

महामन्त्री थापाले निर्वाचित भएको प्रतिनिधि र पार्टीको बीचमा हुनुपर्ने हार्दिकता धेरै ठाउँमा नपाएको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर