खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरू विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रूपमा रहेको बताएका छन् ।

बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले खेलाडीहरूलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरू विदेश गइरहेको बताए ।

उनले मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिस्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको बताए । उनले राष्ट्रिय गौरवका योजनाहरूको पूर्वाधार निर्माण कार्य सुरु भइरहेको बताए । उनले कर्णाली प्रदेशका सरकारसँगको सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिरहेको बताए ।

सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा नेपाल पदक हासिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हासिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको बताए ।

उनले भने , ‘राष्ट्रिय खेलकुद नीति प्रतिस्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने । राष्ट्रिय गौरवका योजनामध्ये इआईए सम्पन्न गरी पूर्वाधार निर्माण कार्य सुरु भइरहेको छ । कर्णाली प्रदेशका सरकारसँग सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना चाँडै हुँदैछ । सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा नेपाल पदक हासिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हासिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्ने । बजेटमा भएका कार्यक्रमहरू कार्यान्वयन गर्ने । सबैभन्दा ठूलो समस्या कार्यक्रम सञ्चालन गर्न बजेट नै हो । दोस्रो सञ्चालनको रूपमा हामीले कुनैपनि लामो समयसम्म खेलकुद पूर्वाधार निर्माण सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधाहरु बजेट अभावले अधुरा रहेका छन् । खेलकुद पूर्वाधारका लागि एउटा इकाइ गठन गर्ने वा राष्ट्रिय खेलकुद परिषद्लाई व्यापक रूपमा सरलीकरण गर्नुपर्ने अवस्था छ । खेलाडीहरू विदेश धेरै पलायन भयो । सबैभन्दा ठूलो समस्या यो छ ।’

मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गरे । उनले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर