चिनियाँ नागरिकले संचालन गरेको कल सेन्टरमा सीआईबीको छापा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सआिइबी) ले ललितपुरको एकान्तकुनामा रहेको एक कल सेन्टरमा छापा हानेको छ ।

चिनियाँ नागरिकले घर भाडामा लिएर क्रिप्टो कारोबार र ठगी धन्दा गरिरहेको सूचनाको आधारमा बुधबार राती छापा मारेको सीआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार कार्यालयमा रहेका कागजातसहित ५० जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिइएकामध्ये अधिकांश फिलिपिन्स र चिनियाँ नागरिक छन् ।

‘तत्कालको लागि कार्यालयसहित त्यहाँ काम गर्ने ५० जनालाई नियन्त्रणमा लिएको छौ’, उनले भने, ‘तीमध्ये क(कसलाई छाड्ने, कारवाहीको लागि कसलाई मुद्दा चलाउने, त्यो अनुसन्धान गर्दैछौ ।’ कल सेन्टरको मुख्य सञ्चालक तीन जना रहेको पनि ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *