पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)नियुक्तिमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बोर्डको सीईओ दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गर्दै तत्कालीन सिईओ डा. धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम कारबाही गर्न भने रोकिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर