स्व.सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व।सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई बुधवार सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने बताए।

उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रवार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्नुभयो। प्रतिष्ठान बनायो छोड्यो गर्ने नभइ नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरुप भल्नुपर्नै बताए। नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताए।

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पती झैँ लगेको बताए। उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए।

उनले भने, ‘सुवाषचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरुलाई पछ्याएर केही कामहरु गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाउँमा केन्द्रिय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु। यो यस्तो प्रतिष्ठान हामी एउटा प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो काम केही नगर्‍यो होइन। नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरुप चल्नेछ।’

प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताए। उनले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर