प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।आज जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापतिले ४८ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक प्राड सेवा, विविध सेवा अन्तर्गत लेखा र प्राविधिक सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी ३ जना, लेखा उपसेनानी ७ जना र प्राविधिक उपसेनानी ३८ जनाले दर्ज्यानी चिन्ह पाएका छन् ।

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारको उपस्थिति रहेको कार्यक्रममा प्रधानसेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर