प्रधान सेनापतिद्वारा सम्मान तथा पुरस्कार वितरण

प्रधान सेनापति अशोकराज सिग्देलले द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकहरूलाई सम्मान  तथा पुरस्कार  गरेका छन् ।

मंगलवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले एक जनालाई चारपाङ्‍ग्रे स्कुटर र ३४ जनालाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहायता प्रदान गरेका हुन् ।

सोही अवसरमा प्रधान सेनापतिले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं.४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणको क्रममा वीरगति प्राप्त गरेका जमदार केशव जार्गा मगर, सिपाही हेमन्त रावत र सिपाही आशिक बुढाको परिवारलाई जनही रु.१ लाख ४० हजारका दरले आर्थिक सहयोग सहित सम्मान गरेका थिए ।

गिनिज वल्ड रेकर्डमा विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राखी नेपाल र नेपाली सेनाको गरिमा उच्च राख्न सफल भएका नेपाली सेनाका प्युठ हरिचन्द्र गिरीलाई प्रधान सेनापतिले रु.१ लाख ५० हजार नगद पुरस्कार सहित सम्मान गरेका छन् ।

यस्तै कार्यक्रममा प्रधान सेनापति सिग्देलले विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आईष्मा आचार्यलाई प्रशंसा पत्र र नगद रु. ५१ हजारसहित सम्मान पनि गरेका थिए । छात्रा आचार्यले २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुका साथै राष्ट्रिय स्तरको खेलकुद (एथलेटिक्स विधा) मा विभिन्न समयमा २ स्वर्ण, १ रजत र १ कांस्य पदक हासिल गर्न सफल भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर