चिकित्सकमाथिको श्रम शोषण र अत्याचार अन्त्य गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताएकी हुन्।

उनले ०७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गरिन्।

सरकारी मेडिकल कलेजहरूले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिए पनि निजी मेडिकल कलेजहरूले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफुहरुले त्यसरी माफियाकरण हुन नदिने चेतावनी समेत दिइन्।

उनले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमशः घटाउँदै निःशुल्क बनाउन माग गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर