ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ४ जना पक्राउ

नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घर भएका २८ वर्षीय अनिल कुमार महतो, झापा घर भएका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र सङ्खुवासभा घर भएका ४३ वर्षीय सुवास ढकाल छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरूले एसईई र प्लस टूको नक्कली मार्कसिट र ट्रान्सक्रिप्ट बनाई पेस गरेका थिए । उनीहरूलाई दूतावाससँगको समन्वयमा शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र र कागजातसहित पक्राउ गरिएको आचार्यको भनाई छ ।

चारै जनालाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर