माल्दिभ्समा तीजमा छमछमी नाचे नेपाली चेलीहरू

पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तब्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठूलो चाड तीजको उपलक्ष्यमा भब्य कार्यक्रमको आयोजना भयो ।

नेपालका उदाउँदा लोकप्रिय गायक विन्दु परियार, कमल बिसी ‘माइल्दाई’ लगायत अन्य कलाकारको उपस्थिति रहेको सांगेतिक कार्यक्रममा नेपाली गीतको आनन्द उठाउन पाउँदा सबै दंग देखिन्थे ।

कार्यक्रम राजधानी अहमदिया अन्तर्राष्ट्रिय स्कुलको हलमा आयोजना भएको थियो । माल्दिभ्समा तीजको उपलक्ष्यमा यति ठूलो कार्यक्रम भएको यो पहिलो पल्ट हो । विदेशमा नेपाली दिदीबहिनीका लागि कार्यक्रम गर्न पाउँदा खुसी लागेको कलाकार कमल बिसीले बताए ।
‘चाँड पर्वमा हामीलाई घरको याद आउने गर्छ । आयोजकहरूले विदेशमै रहेका चेलीहरूका लागि यति ठूलो कार्यक्रमको आयोजना गर्नुभयो, यसका लागि धन्यवाद छ,’ अर्की गायिका विन्दु परियारले भनिन् । ‘पर्ख पर्ख मायालु’ बोलको गीत उनले गाउँदा हल गञ्जिएको थियो ।

आयोजक बाँके–बर्दिया राइजिङ स्टारका सन्तोष मगरले कार्यक्रमलाई सफल बनाउन नेपाली चेलीहरूले गरेको प्रयासप्रति खुसी ब्यक्त गरे । उनले कार्यक्रमको सफलताले भविस्यमा पनि नेपाली कलाकार माल्दिभ्स भित्र्याउन प्रेरणा मिलेको बताए ।

तीजको यस विशेष कार्यक्रमका लागि माल्दिभ्स सरकारले स्विकृति प्रदान गरेको थियो । माल्दिभ्समा हाल ८० हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *