
‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड अभिनेता सिद्दिकी काठमाडौंमा


नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला काठमाडौंमा छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
आफ्नो स्टारडमको बाबजुद पनि उनी सँधै लो-प्रोफाइल बस्न रुचाउँछन् । काठमाडौं एयरपोर्टमा पनि उनी यस्तै देखिए । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाली फिल्म र मेकरको प्रशंसा गरे । उनले मीन भामजस्ता उत्कृष्ट नेपाली निर्देशकसँग भविष्यमा काम गर्ने इच्छा व्यक्त गरे ।
अभिनयमा भविष्यमा बनाउन खोजिरहेका नेपाली युवालाई उनले इमान्दारिता र विशिष्टता जोगाउन आग्रह गरे । संसारभर नेपाली युवाले उत्कृष्ट काम गरेको भन्दै उनले प्रशंसा गरे । अभिनेता सिद्दिकी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।
प्रतिक्रिया