दुई सचिवको सरुवा, योजना आयोगमा मरासिनी

सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा भित्र्याउँदै गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा ल्याएको छ ।

त्यसै गरी नवनियुक्त सचिव गोविन्द बहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । उनी कायम मुकायम प्रमुख सचिवको रूपमा काम गर्दै आएका थिए ।

बिहीबारकै बैठकले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिवमा सरुवा गरेको थियो । उनले पत्र बुझेसँगै पदस्थापनसमेत भई सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *