वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

संघीय संसद्‌अन्तर्गतकाे प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसद्‌हरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको जानकारी दिएकी हुन्।

उनले भनिन, ‘म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु। टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरूको मृत्यु भइरहेको छ। ज्येष्ठ नागरिकहरू, महिलाहरूलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ। त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रुपमा उठाउनु पर्नेछ। मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु।’

उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन्। 

उनले अगाडि भनिन ,’ इँटाभट्टामा काम गर्ने मजदुरहरूको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ। स्मोकबाट जुन इँटाहरू बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ। विश्वकै आँकडा हेर्ने हो भने धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ। यस्तो कुरालाई चिरेर लैजानुपर्छ । 

उपभासमुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *