कान्तिपुर टेलिभिजनको प्रमोटिङ पार्टनरमा पलेशा अनुबन्धित

नेपालका लागि पारा ओलम्पिकमा ऐतिहािसक पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन कान्तिपुर टेलिभिजनको प्रमोटिङ पार्टनरमा अनुबन्धित भएकी छन् । कान्तिपुर टेलिभिजन, पलेशा र नेपाल तेक्वान्दो संघबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईं र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले हस्ताक्षर गरे । पलेशा, पेरिस पारा ओलम्पिकमा कांस्य पदक जित्दै बुधबारमात्र स्वेदश फर्किएकी हुन् । समर र पारा ओलम्पिक नेपालका लागि पदक जित्ने पलेशा पहिलो खेलाडी हुन् ।

टेलिभिजन र संघबीच सन् २०२४ को डिसेम्बरसम्म सहकार्य गर्ने सम्झौता भएको हो । त्यसअनुसार तेक्वान्दो संघको क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाइ कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

पछाईले नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउने तेक्वान्दोलाई अझ बढी मानिससमक्ष पुर्‍याउने जिम्मेवारी महसुस गर्दै सहकार्य गर्ने निर्णय गरिएको उल्लेख गरे ।

नेपालमा नोभेम्बर ८ देखि १३ सम्म चौथो माउन्ट एभरेस्ट च्याम्पियनसिप हुनेछ । वरीयताका लागि हुने प्रतियोगितामा २५ देशका २ हजार खेलाडीको सहभागित रहने संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *