कंक्रिटको पहाड बनेको काठमाडौं (फोटो फिचर)

शहरलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोवास भएको सुन्दर बस्ती नै शहर हो । शहरमा विकास निर्माणका प्रक्रिया तिब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही शहरमा बनाइएको हुन्छ ।

राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा शहरमै केन्द्रित हुन्छन् । हामीकहाँ शहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा शहर विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर शहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै शहरमा करोडौं मानिसको बसोवास पनि भइरहेको देखिन्छ ।

पुरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पुरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले शहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरु छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ ।

त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं शहरलाई कंक्रिटको शहर भनिएको होइन । पुरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कंक्रिटको पहाड बनेको छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *