उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख नगदसहित सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै यस्तो बताएका हुन् । महासंघले गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

उनले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताए । उनले पलेशा जस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्थाहरुले सम्मान गर्नुपर्ने बताउनु भयो । पलेशाको जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर