सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *