कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

१७ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पर्साको साविक बहुअर्वा-५ का ढोडा मुखिया विनको हत्या गरी फरार रहेका सोही गाउँका लक्ष्मण प्रसाद चौरसियालाई वीरगञ्जबाट पक्राउ गरी बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो । २०६४ साल बैशाख २५ गते चौरसियासमेत चार जनाले विनको गोली हानी हत्या गरेका थिए ।

सीआईबीका अनुसार उनीहरूबीच जग्गा खरिदका लागि भएको लेनदेनको विषयलाई लिएर विवाद भएको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतले ०६९ भदौ २४ गते फैसला गर्दै जन्मकैद तोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *