
१२ अंकले घट्यो नेप्से, कारोबार पनि ९ अर्बमा झर्यो


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अंकले घट्ता कारोबार पनि घटेको छ ।
बिहिबार ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । उक्त कारोबार बुधबारको तुलनामा ३ अर्बले कम हो ।
आज नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ विन्दुमा आएको छ । आज २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर कारोबार भएको छ ।
नेप्से घटेसँगै १३ वटा समूहमध्ये २ समूह बाहेक सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी लगानी समूह १.३६ प्रतिशतले घटेर १०९.९१ विन्दुमा पुगेको छ । त्यस्तै आज लघुवित्त समूह १.६८ प्रतिशतले बढेर ५२१२.४० विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेर ३७५९.४३ विन्दुमा पुगेको छ ।
साथै, वाणिज्य बैंक ०.६९ प्रतिशतले, विकास बैंक ०.१३ प्रतिशतले, फाइनान्स ०.५३ प्रतिशतले, होटल समूह ०.११ प्रतिशतले, हाइड्रो १.०१ प्रतिशतले, जीवन बीमा ०.७४ प्रतिशतले, उत्पादन ०.३३ प्रतिशतले, म्युचुअल फण्ड ०.५६ प्रतिशतले, निर्जीवन बीमा ०.५२ प्रतिशतले र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।
प्रि ओपन सेसनमा करिब १ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै तल झरेको थियो ।
बजार फेरी माथि जान खोजेको भएपनि बजारले भने गति लिन भने सकेन । १२ बजेर ३३ मिनेटमा बजार सबैभन्दा तल झरेको थियो । त्यसपछि बजार फेरी माथि गएको थियो । तर लगत्तै तल झर्यो। २ : १४ पछि भने बजारले उकालो यता तय गरेको थियो । तर २:३८ पछि भने बजारमा बिक्रीकर्ता हामी भएर बजार एकै छोटी घटाएका थिए ।
आज बजार न्यूनतम २६८६ विन्दुमा र उच्चतम् २७५८ विन्दुमा पुगेको थियो भने बजार बन्द हुँदा भने २७२७ विन्दुमा रोकिएको थियो ।
आज बजार घट्ता १०१ कम्पनीको शेयर मूल्य घट्यो भने १३८ वटा कम्पनीको शेयर मूल्य भने बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप ६ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढ्यो । आज ३१६ वटा कम्पनीको कारोबार हुँदा १ लाख १२ हजार ६९२ पटक शेयर किनबेच भएको छ ।
प्रतिक्रिया