निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् । ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, गृहमन्त्री लेखकले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त ०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला ११ साउनको बिहान मृत अवस्थामा भेटिएकी थिइन् । लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन ।

त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।उनले भने, निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन संग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । ‘दुई्तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ । गृहमन्त्री लेखकले भने छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’ पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे ।

‘दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ । उनले भने यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस ।’
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरे । त्यसैगरि उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *