हेटौँडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ ।
हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा छ दशमलव ६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०/८१ मा विद्युत् चुहावट एक प्रतशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिए ।
आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा रु दुई लाख २९ हजार तीन सय ७९ महसुल सङ्कलन भएको सो कार्यालयले जनाएको छ । यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार एक सय ९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार एक सय १७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु पाँच करोड ६५ लाख ८० हजार चार सय ४३ बक्यौता असुली भएको प्रमुख यादवले बताए ।
आव २०८०/८१ म सो कार्यालयले रु दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार पाँच सय २३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार तीन सय २५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिए । उक्त कार्यालयमा ७७ हजार सात सय ६० ग्राहक छन् ।
प्रतिक्रिया